मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

शुक्रबार महागरको ११औं अधिवेशनमा आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले यसबारे जानकारी दिइन् ।

यसअघि संघीय सरकारको नीति तथा कार्यक्रममा पनि यो विषय समावेश गरिएको थियो । लामो समयदेखि चर्चामा रहेको यो विषयको अध्ययन आगामी आर्थिक वर्षमा अगाडि गर्न लागिएको हो ।
https://unelma.io/f2K7k