परिष्कृत प्रणाली सँगै राहदानी विभागले विद्युतीय राहदानीको आवेदन तथा वितरणमा पनि सुधार आएका कारण उपत्यका बाहिरका सेवाग्राहीले काठमाडौं सम्म नआउन अनुरोध गरेको छ । 

विभागले आइतबार एक सूचना जारी गर्दै उपत्यकाको जिल्ला भित्र आवेदन दिएको दुई दिन भित्र र उपत्यका बाहिरका जिल्लामा १० देखि १५ दिन भित्र विद्युतीय राहदानी उपलब्ध गराउने व्यवस्था लागू भइसकेको कारण उपत्यका बाहिरका सेवाग्राहीले काठमाडौंमा नै आउनुपर्ने वाध्यता नरहेको विभागका प्रवक्ता शरदराज आरणले बताएका छन् । 

‘विभागले सेवाग्राहीहरूको सहजताको लागि प्रत्येक दिन २४०० जनाले अनलाइनबाट फाराम भर्न सक्ने र फाराम भरिसकेपछि तुरुन्त एक देखि चार दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आवेदन गरेपछि दुई कार्यदिनमा राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ,’ जारी सूचनामा उल्लेख गरिएको छ । 

साथै उपत्यका बाहिर पनि १० देखि १५ दिन भित्र राहदानी पुग्ने हुँदा अत्यावश्यक बाहेकका सेवाग्राही काठमाडौं आउनु नपर्ने सूचनामा उल्लेख छ । आरणका अनुसार हाल विभागले दैनिक ६५०० राहदानी उत्पादन गरी वितरण गरिरहेको र दैनिक ५००० जनालाई सेवा दिइरहेको छ ।
https://unelma.io/wXzD8