अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै नेपाली कांग्रेसनिकट युथ कांग्रेसले प्रदर्शन गरेको छ। 

काठमाडौंको सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दक्षिण गेट अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसका केही विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको हो। 

 

उनीहरूले कालो कपडा, प्लेकार्ड बोकेका थिए। उनीहरूलाई प्रहरीले पुलिस एकेडेमीमा राखेको छ। अहिले अर्थमन्त्री शर्मालाई राजीनामा दिन चौतर्फी दबाब सिर्जना भइरहेको छ।

२०७९/०८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तलमाथि गरेको शर्मामाथि आरोप छ।

सबै तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी

 

https://unelma.io/GRTFs