बितेको एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट देखिएको छ । एक महिनाको तथ्यांक हेर्दा नेपालले खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य २२ डलर हाराहारीले ओरालो लागेको ट्रेन्डिङ इकोनोमीले लेखेको छ । एक साता अवधिमा मात्रै तेलको मूल्य प्रतिब्यारेल १२ डलरले ओरालो लागेको छ ।

यो समाचार तयार पार्दासम्म एक महिना अवधिमा १२४.९ डलरबाट १०२ डलरमा झरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेको आकलनअनुसार डलरको मूल्यमा भएको वृद्धिका कारण तेलको मूल्य अवमूल्यन भएको हो ।

रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा संसारभर नै मूल्यवृद्धि बढेको बेला ओरालो लागेको कच्चा तेलको मूल्यले साना अर्थतन्त्र भएका मुलुकहरुलाई प्राण मिल्ने अपेक्षा गरिएको छ ।

पेट्रोलियम पदार्थको बढेको मूल्यका कारण टाट पल्टिएको भन्दै नेपालमा इन्धन बिक्रीको एकाधिकार पाएको नेपाल आयल निगमले उपभोक्ता मूल्य बढाइरहेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको कच्चा तेलको मूल्यले अहिले केही सकारात्मक आशा पलाइको भन्दै निगमले पछिल्लो मूल्यहरुले निगमको घाटामा सुधार हुने र मूल्य आरोलो टिकाउ भने त्यसको राहत उपभोक्ताले पनि पाउने जनाएको छ ।

https://unelma.io/thtrd