काठमाडौं । ट्वीटरले प्रयोगकर्ताका लागि नयाँ फिचर ‘कोट्वीट्स’ (CoTweets) परीक्षण गरिरहेको छ । कम्पनीले एउटै ट्वीटमा दुईजना प्रयोगकर्ताले सम्पादन गर्नसक्ने फिचर परीक्षण गरिरहेको हो ।

 

हाल ट्वीटरका केही प्रयोगकर्ताले यो फिचर प्रयोग गरिरहेको पाइएको छ । ‘दि भर्ज’ सँग कुरा गर्दै कम्पनीका एक अधिकारीले यो फिचरको परीक्षण यो अंग्रेजी वर्षको सुरुवातसँगै भइरहेको जानकारी दिएका हुन् ।

 

ट्वीटरमा प्रयोगकर्ताहरूसँगै ल्याउनका लागि कम्पनीले काम गरिरहेको दि भर्जमा उल्लेख छ । हाल यो फिचर अमेरिका, क्यानडा र कोरियाका केही सीमित प्रयोगकर्ताका लागि खुला गरिएको छ ।

 

यो फिचरको प्रयोग प्रभावकारी देखिएमा अन्य प्रयोगकर्ताका लागि पनि चाँडै उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

 

एउटा प्रयोगकर्ताले ट्वीट तयार गरेर अर्को प्रयोगकर्तालाई इन्भाइट गरी उक्त ट्वीटमा समावेश गरेर कोट्विट फिचर प्रयोग गरेर राखिएको ट्वीटमा दुवैले सम्पादन गर्न सकिनेछ भने दुवै प्रयोगकर्ताको फलोअर उक्त ट्वीट हेर्न मिल्नेछ ।

https://unelma.io/YiHgM