काठमाडौं । साइबर सुरक्षा केन्द्र स्थापनाका लागि चालू आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट छुट्याइएको भए पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त रकम खर्च गर्न असफल देखिएको छ । साइबर सुरक्षा जोखिमको पहिचान, असर न्यूनीकरण र आकस्मिक साइबर सुरक्षा छरितो र भरपर्दो बनाउन साइबर सुरक्षा केन्द्र स्थापना गर्ने सरकारी घोषणा छ ।

 

तर साइबर सुरक्षा केन्द्र स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम रहेकोमा मन्त्रालयले परामर्शदाता नै छनौट गर्न सकेको छैन । त्यस्तै ज्ञानमा आधारित अर्थतन्त्र विकासका लागि सूचना प्रविधिमा आधारित उद्योग व्यवसाय प्रवर्द्धन गर्न ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञानपार्क स्थापना कार्य अगाडि बढाउने समेत रहेको थियो ।

तर ज्ञानपार्क निर्माणका लागि सूचना प्रकाशन भए तापनि जग्गा भाडामा रहेको र सो विषय अदालतमा विचाराधीन छ । जसले गर्दा ज्ञानपार्क स्थापनाका लागि छुट्याइएको दुई करोड ७५ लाख बजेटमध्ये कम्पाउण्ड पर्खाल निर्माणमा ४९ लाख २० हजार रुपैयाँ मात्रै खर्च भएको छ । 

https://unelma.io/lXZTd