आर्थिक वर्ष २०७८/७९ को पहिलो कारोबार दिन नेप्से परिसूचक १.९३ अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ०.१० प्रतिशतले घटेर २०११.३९ बिन्दुमा पुगेर बन्द भएको हो। 

यस दिन कारोबारमा आएका २१० वटा ऋणपत्र तथा धितोपत्रको ३० लाख ४५ हजार ८८९ कित्ता सेयरको २५ हजार ९२४ पटकमा एक अर्ब २३ करोड २४ लाख ८८ हजार बराबरको सेयर खरीद बिक्री भएको छ। 

 

आइतबार राधी विद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ५.४८ प्रतिशतले बढेर अन्तिम मूल्य ५६८ कायम भएको छ।

त्यस्तै, सेयर मूल्य सर्वाधिक घट्नेमा प्रभु सेलेक्ट फण्ड रहेको छ। आइतबार प्रभु सेलेक्ट फण्डको इकाइ मूल्य ९.७८ प्रतिशतले घटेको हो। 

 

यस दिन सर्वाधिक सेयर खरिद-बिक्री अपर तामाकोशी हाइड्रोपावरको भएको छ। कम्पनीको ६ करोड ४ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२३ कायम भएको छ।

सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेको छ। यस दिन उक्त कम्पनीको ४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ८ वटाको घटेको छ। बैंकिङ, व्यापार, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी समूहको समूहगत परिसूचक बढेको छ भने बाँकी होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, अन्य, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको हो।

https://unelma.io/IMzsQ