पोखरामा एमएमबि बैंकको एटीएम मसिन फोरेर १५ लाख रूपैयाँ चोरी भएको छ ।

पोखरा महानगरपालिका-२६ अर्घोचोकमा रहेको बैंकको एटीएम मसिन फोडेर रकम चोरी भएको हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको छ ।

उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए ।

चोरले मसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेका थिए ।

बैंकले अघिल्लो दिन एटीएममा १७ लाख राखेकामा दुई लाख रूपैयाँ ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ । पोखरामा केही दिनयता बैंकको एटीएम मसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन् ।

https://unelma.io/CR1da