काठमाडौं । अब अन्तर्राष्ट्रिय डिजिटल कार्डबाट सोझै नेपाली बैंकले जारी गरेका कार्डमा रेमिटेन्स पठाउन सकिने भएको छ ।

शुक्रबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन् ।

“बैंकिङ भुक्तानी उपकरणमा विद्यमान विभिन्न विद्युतीय भुक्तानी तथा डिजिटल कार्ड धारकले विदेशी बैंकबाट जारी यस्तै कार्डबाट नेपाली बैंक तथा वित्तीय संस्थाले  जारी गरेको कार्डमा विप्रेषण प्राप्त गर्न आवश्यक नीतिगत व्यवस्था गरिनेछ,” गभर्नर अधिकारीले भने । 

 

यसका साथै मौद्रिक नीतिमा सूचना प्रविधि लगायतका सेवा निर्यात गरी परिवर्त्य विदेशी मुद्रा भित्र्याउने कार्यलाई प्रोत्साहित गर्न आवश्यक नीतिगत व्यवस्था गरिने विषय समेत उल्लेख छ ।  

https://unelma.io/OrBId