काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० लाई विद्युतीय भुक्तानी कारोबार वर्षको रूपमा मनाउने घोषणा गरेको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन् ।

पछिल्ला वर्षहरूमा केन्द्रिय बैंकले नेपालमा विद्युतीय भुक्तानी कारोबारलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

 

“त्यसैको निरन्तरता स्वरूप आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी  कारोबार प्रवर्द्धन वर्षको रुपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेछ,” गभर्नर अधिकारीले भने ।

 

यसका साथै इनोभेसन सेन्टर र रेगुलेटरी स्यान्डबक्स स्थापनाका लागि समेत आवश्यक अध्ययन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

 

खासगरी वित्तीय प्रविधिको क्षेत्रका स्टार्टअप तथा नवप्रवर्तकहरूले नियामकको अनुगमनभित्र नियन्त्रित वातावरणमा गर्ने लाइभ प्रयोग एवम् परीक्षण गर्न बनाइएको कानूनी संरचनालाई नै रेगुलेटरी स्यान्डबक्स भन्ने गरिन्छ । 

https://unelma.io/lXnAe