राहदानी विभागले ‘नेपाल ई–पासपोर्ट’ (Nepal ePassport) नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले एन्ड्रोइड र आईओएस दुवै भर्सनमा एप सार्वजनिक गरेको छ ।

यो एपमार्फत् राहदानीका लागि पेश गरेको आवेदन फारम अप्रुभ भए नभएको, राहदानी प्रिन्ट भए नभएकोलगायका जानकारी हेर्न सकिने विभागले जनाएको छ ।
 

एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

 

https://unelma.io/juoz1