बिहीबार नेप्से परिसूचक १५.४९ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.७३ प्रतिशतले बढेर २१२७.४९ बिन्दुमा पुगेर बन्द भएको हो। 

बिहीबार कारोबारमा आएका २२१ वटा धितोपत्र तथा ऋणपत्रको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयरको चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। 

मौद्रिक नीतिपछि नेप्सेले वृद्धिको बाटो समातेको छ। मंगलबार भने नाफा बुक गर्ने लगानीकर्ता सक्रिय भएसँगै बजार घटेको थियो। त्यसपछिको दुई कारोबार दिन, बुधबार र बिहीबार नेप्से बढेसँगै अब सेयर बजारले गति लिने देखिन्छ।

 

बुधबारको तुलनामा आज कारोबार रकम पनि बढेको छ। बुधबार तीन अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँ बराबरको रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको थियो। 

केही समयअघि करिब एक अर्बमा रहेको कारोबार रकम विस्तार हुँदै ५ अर्बको हाराहारीमा पुगेको छ। यसबाट लगानीकर्ताहरूमा थोरै भए पनि आशा पलाएको देख्न सकिन्छ।

बिहीबार बिन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर अन्तिम मूल्य ३६७ कायम भएको छ। त्यस्तै, राष्ट्र उत्थान लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

 

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा राधी विद्युत कम्पनी र बलेफी हाइड्रोपावर रहेको छ। राधी विद्युत कम्पनीको सेयर मूल्य ३.९१ र बलेफी हाइड्रोपावरको सेयर मूल्य ३.८५ प्रतिशतले घटेर अन्तिम मूल्य क्रमशः ६१५ र ३०० कायम भएको छ। 

बिहीबार सर्वाधिक सेयर खरिद-बिक्री अरुण कावेली पावरको भएको छ। कम्पनीको १७ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०० रुपैयाँ कायम भएको छ। 

सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८०७ रुपैयाँमा १५ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी दश समूहको परिसूचक बढेको छ। 

यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशतले बढेको छ। त्यस्तै, होटल्स तथा पर्यटन, विकास बैंक र लगानी समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ। आज निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक भने घटेको छ।

https://unelma.io/cLKiS