टिकटकले गीत (म्युजिक)का लागि छुट्टै एप ल्याउने भएको छ । त्यसका लागि कम्पनीले हालै पेटेन्ट दर्ता गराएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम इन्साइडरका अनुसार टिकटकको मुख्य कम्पनी बाइटडान्सले अमेरिकाको पेटेन्ट तथा ट्रेडमार्कको कार्यालयमा ‘टिकटक म्युजिक’ दर्ता गराएको छ ।

यसअन्तर्गत कम्पनीले प्रयोगकर्तालाई गीत किन्न, सुन्न, शेयर गर्न र डाउनलोड गर्ने सुविधा दिनेछ । साथै प्रयोगकर्तालाई प्ले लिस्ट बनाउन, त्यसलाई शेयर गर्न र अरुलाई सिफारिस गर्न, गीतमा कमेन्ट गर्न र अडियो तथा भिडिओ लाइभ गर्न सकिने सुविधा समावेश हुनेछन् ।

यसअघि कम्पनीले अष्ट्रेलियामा ‘टिकटक म्युजिक’ को ट्रेडमार्क दर्ता गराइसकेको थियो ।

त्यस्तै कम्पनीले ‘रेसो’ नामक म्युजिक स्ट्रिमिङ एप भारत, इन्डोनेसिया र ब्राजिलमा सार्वजनिकसमेत गरेको थियो ।

रेसोमा हाल ट्रेडमार्कमा दर्ता भएको ‘टिकटक म्युजिक’ मा जस्तै फिचर रहेका छन् । यस्तोमा कम्पनीले सोही रेसालाई नयाँ नामकरण सहित बजारमा ल्याउने तयारी गरेको बुझिएकाे छ ।

रेसोका हाल चार करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता छन् । भने, कम्पनीको मासिक सक्रिय ग्राहक संख्या ३०४ प्रतिशतले बढिरहेको छ ।

जब कि भारतमा स्पोटिफाईको मासिक प्रयोगकर्ता जम्मा ३८ प्रतिशतले बढेको छ । यसले भोलिका दिनमा स्पोटिफाई र एप्पल म्युजिकका लागि समेत ‘टिकटक म्युजिक’ चुनौतीको रुपमा स्थापित हुने आँकलन गरिएको छ ।
https://unelma.io/y083J