पछिल्ला केही दिनमा इन्स्टाग्राममा एउटा नयाँ अभियान सुरु भएको छ, जसमा इन्स्टाग्राम आफैँले आफ्ना प्रयोगकर्तालाई उनीहरूको जात र वर्णको बारेमा प्रश्न गरिरहेकाे छ ।

आफ्ना कुल प्रयोगकर्तामध्ये पिछडिएको समुदायबाट कति प्रयोगकर्ता छन् भनेर थाहा पाउन अभियान सुरू गरिएको इन्स्टाग्रामले जनाएको छ ।

प्लेटफर्ममा मानिसहरूले पाउनसक्ने विभिन्न प्रकारका अनुभवबारे बुझ्न इन्स्टाग्रामले नयाँ काम सुरु गरेको हो ।

कम्पनीले आफ्नो ब्लगमा पोस्ट गर्दै जातजातीको आधारमा कुन समुदायलाई कस्तो सामग्रीहरूले कसरी प्रभाव पार्नसक्छ भन्ने विषयमा अध्ययन गरिने बताएकाे छ ।

हाल यो सर्वेक्षण अमेरिकाबाट केही सीमित प्रयाेगकर्तालाई संलग्न गराई सुरु गरिएको छ ।

यो सर्वेक्षण ऐच्छिक भएको कारण यस विषयमा कुनै पनि प्रकारको प्रश्न आउँदा आफ्नो इच्छाअनुसार जवाफ दिन वा नदिन सकिन्छ ।

यसरी संकलन गरिएको विवरण ३० दिनपछि आफैँ हटेर जाने पनि कम्पनीले जनाएको छ ।
https://unelma.io/6EBKy