गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाइल बैंकिङ एपको अपग्रेडेड संस्करण ‘गरिमा डिजी बटुवा’ सार्वजनिक गरेको छ ।

डिजी बटुवाले ग्राहकहरुलाई आफ्नो मोबाइल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिन्छ । यसले विभिन्न उपकरणहरुबीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्ण डिजिटल बैंकिङ्गको अनुभव दिलाउने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ एपको याे नवीनतम संस्करण फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको हो ।

‘गरिमा डिजी बटुवा’ डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित छ, जसले ग्राहकहरुलाई उनीहरुको फोनबाट बैंकिङ सेवाहरुको प्रयोगका लागि समान प्रणाली प्रयोग गर्न अनुमति दिन्छ ।

साथै अतिरिक्त सुविधाहरु जस्तै सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, ट्राफिक चिट आदि), मोबाइल टप-अप, बैंक स्टेटमेन्ट, चेक स्टेटमेन्ट रिक्वेस्ट, क्यूआर. पेमेन्ट आदिको सजिलै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

डिजी बटुवाका विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले भने, ‘गरिमा विकास बैंकले हाम्रा ग्राहकहरुलाई संभव भएसम्म उत्कृष्ट अनुभव प्रदान गर्ने कुरा सुनिश्चित गर्न गरिमा विकास बैंकको पछिल्लो प्रयास डिजी बटुवा हो । पछिल्लो समय डिजीटल बैंकिङ्ग एक अपरिहार्य विशेषता बनेको छ’ ।

गरिमा डिजी बटुवा एप स्टोर र प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
https://unelma.io/rKLc5