रूस-युक्रेन युद्ध छैटाैं महिनामा प्रवेश गर्दैछ । याेबीचमा युक्रेनलाई पराजित गर्न रूसले विद्युतीय युद्ध उपकरण प्रयोग गरिरहेकाे पाइएकाे छ ।

 

केही खुफिया विश्लेषकहरूका अनुसार युक्रेनसँगको युद्धमा रुसलाई विद्युतीय युद्ध कौशलले बल पुर्‍याएको छ । अनेकौँ पर्यवेक्षकहरूले ‘रुसी इलेक्ट्रोनिक वारफेर’ (ईडब्लू) सिस्टम अर्थात् विद्युतीय युद्ध कार्य प्रणालीले युक्रेनमाथि आक्रमण गर्न ठूलो भूमिका खेलिरहेको उल्लेख गरेका छन् ।

असोसिएट प्रेस (एपी)को एक रिपोर्ट अनुसार यस्ता सिस्टमको प्रयोग पूर्वी युक्रेनबाट सुरु भएको थियो । जहाँ स-साना आपूर्ति लाइनहरूमा विद्युतीय युद्ध कार्य उपकरणहरूले रुसी सैनिकलाई युद्ध मैदानतर्फ थप नजिक जाने स्थिति बनाएका थिए ।

 

युक्रेनी अधिकारीहरूले एपीसँग बताएअनुसार ड्रोनको जीपीएस जामिङले गर्दा तिनको प्रभावकारितामा निकै गम्भीर खतरा उत्पन्न गराएको थियो ।

 

इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स (आईईईई) का समाचार प्रकाशित हुने स्पेक्ट्रममा आएको पछिल्लो विश्लेषणले हस्तक्षेपका क्रममा सुरुवाती चरणमा विद्युतीय युद्धकार्य (ईडब्लू) ले प्रभावकारी भूमिका नखेलेको भए पनि पछिल्लो समय रुसी विस्तारमा सघाएको विश्लेषण गरेको छ ।

“विज्ञहरूले रुससँग विश्वमै लामो अनुभव भएका र राम्रोसँग सुसज्जित ईडब्लू इकाईहरू रहेको दाबी गरेका छन्,” स्पेक्ट्रमका लागि हड्सन इन्स्टिच्युट्स सेन्टर फर डिफेन्स कन्सेप्ट एन्ड टेक्नोलोजीका निर्देशक बार्यन क्लर्कले लेखेका छन्, “२४ फेब्रुअरीको सुरुवाती हस्पक्षेपको समयमा रुसी सैनिकले विद्युत चुम्बकीय फ्रिक्वेन्सीमार्फत तत्कालै नियन्त्रण कायम गर्नसक्ने र त्यसपछि प्रभुत्व कायम गर्ने विश्लेषकहरूको अपेक्षा थियो ।”

“पूर्वी युक्रेनमा करिब दशक लामो पूर्वाभ्यासपछि,” क्लार्क अगाडि भन्छन्, “गत फेब्रुअरीमा भएको आक्रमणसम्म रुसी ईडब्लू देखिएको थिएन ।”

क्लार्क अगाडि लेख्छन्, रुसी सेनाको जत्थाले अहिले युक्रेनको थप भूभाग कब्जा गरेको छ र युक्रेनी सहरहरू घेराबन्दी गर्न रणनीतिको सहारा लिइरहेका छन्, त्यही समयमा ईडब्लू खेलमा प्रवेश गर्दैछ । एउटा उदाहरणको रूपमा भन्नुपर्दा रुसी सेनाहरूले लगातार रूपमा रुसी तोपखानाहरू प्रभावकारी रूपमा पहिचान गर्न नदिन युक्रेनी ड्रोनहरूको राडार सञ्चार जाम गरिरहेका छन् ।”

 

जब कि हस्तक्षेपकारी कौशलले रुसी सेनालाई युक्रेनी आक्रमणको सम्भावनालाई दबाएर उसका तोपखाना पहिचान गर्न र निशाना साँध्न अनुमति दिन्छ ।

जामिङ उपकरणका बाहेक अनौपचारिक ह्याकिङ प्रयासले समेत जारी युद्धमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । जसमा  रुस विरोधी अपरिचित समूहहरू समेत रहेका छन् । 
https://unelma.io/sM7sH