अनलाइनबाट मतदाता नामावली दर्ता गर्ने प्रक्रिया बन्द हुने भएको छ ।

बिहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घाेषणा गरेसँगै आज (बिहीबार) ५ बजेसम्म अन्तिम पटक मतदाता नामावली दर्ता गर्न सकिने छ ।

याे समयसम्म मतदाता कार्यलयमा गएर नामावली दर्ता गर्न सकिए पनि अनलाइनबाट भने सेवा बन्द भइसकेको छ ।

अनलाइनबाट फर्म भर्ने कोटा सकिएकाले मतदाता नामावली दर्ता बन्द भएको जिल्ला निर्वाचन कार्यालय काठमाडाैंले जानकारी दिएकाे छ ।

निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आफ्नो नामावली दर्ता गर्न चाहेमा आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरी अनलाइनबाटै पेस गर्नसक्ने व्यवस्था ल्याएकाे थियाे ।
https://unelma.io/Th1eD