भारतीय डिजिटल भुक्तानी सेवा प्रदायक पेटीएम घाटामा गएको छ । मार्केटिङ र कर्मचारी सम्बन्धित खर्च बढ्दा पेटीएम घाटामा गएकाे हाे ।

पेटीएमले सार्वजनिक गरेकाे एक रिपाेर्टअनुसार सन् २०२२ काे पहिलो त्रैमासमा कम्पनीले छ अर्ब ४५ करोड भारु घाटा व्यहोरेको छ ।

कुल आम्दानी लगभग ८८ प्रतिशत बढेर १७.८१ अर्ब भारु पुगेको भएपनि खर्च ८४ प्रतिशतले बढेका कारण कम्पनी घाटा गएकाे रिपोर्टमा उल्लेख छ ।

यद्यपि गुगलको भुक्तानी एप र वालमार्ट इन्कको फोनपेसँग प्रतिस्पर्धा गर्ने पेटीएमले सन् २०२३ को सेप्टेम्बरसम्ममा नाफा हासिल गर्ने लक्ष्य राखेको छ।
https://unelma.io/eFtV4