बढ्दो अनलाइन फ्रडलाई कम गर्न आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा अर्बाैं डलरकाे लगानी हुने भएकाे छ । हालै अन्तर्राष्ट्रिय अनुसन्धान संस्था (आईडीसी) ले प्रकाशित गरेकाे एक अध्ययन प्रतिवेदनमा विश्वका बैंकहरूले फ्रड राेक्न एआईमा ३१ अर्ब अमेरिकी डलर अर्थात् ३९ खर्ब ५२ अर्ब रूपैयाँ लगानी गर्ने प्रक्षेपण गरेकाे हाे ।

हाल प्रयोगमा रहेको बैंकिङ सफ्टवेयर एआईमा आधिरित भई २०२५ सम्म प्रयोगमा आउने साे अध्ययनमा उल्लेख छ । पछिल्लो समय डिजिटल प्रविधिकाे प्रयाेगसँगै बैंकिङ कारोबारमा फ्रडका घटना बढेका छन् ।

कतिपय अवस्थामा बैंकिङ सिस्टममा हुने कमजोरी त कतिपय अवस्थामा प्रयोगकर्ताको कमजोरीका कारण बैंकिङ फ्रडका घटना बढ्दै गएका छन्, जुन बैंकहरुका लागि सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ ।

यस्तोमा बैंकहरुले आफ्नो फ्रड व्यवस्थापनलाई प्रमुख केन्द्रको रुपमा राखेर त्यसमा ठूलो लागनी गर्ने आईडीसीको अनुमान छ ।

अध्ययन प्रतिवेदन अनुसार सन् २०२३ बाटै बैंकिङ क्षेत्रले उक्त प्लेटफर्म निर्माणका लागि लगानी गर्नेछन् । भने, सन् २०२५ सम्म कुल ३९ अर्बभन्दा बढी लगानी हुनेछ ।
एआईमा आधारित हुने नयाँ बैंकिङ सिस्टमले सम्भावित फ्रडलाई पहिचान गर्ने तथा तत्कालै नियन्त्रण गर्ने अनुमान गरिएकाे छ 
https://unelma.io/GBNaY