काठमाडौं । २७ वर्षीया डेरियन एस्पिनल आफ्ना चार वर्षका दुई सन्तान र ५० वर्षीया आमासँगै क्विन्सल्यान्डदेखि एड्लाइडको यात्रा गरिरहेकी थिइन् । स्थानीय मिडियाका अनुसार उनीहरूले शनिबार साँझ नोकुन्ड्रा होटेल छाडेका थिए ।

 

त्यसको केही समयपछि चार जनाको यो परिवार बेपत्ता भयो । त्यसपछि स्थानीय अधिकारीहरूले गाडी पत्ता लगाउनका लागि ठूलो खोजको सुरु गरे ।

 

उक्त कारका ड्राइभरले एड्लेडमा आफ्नो गन्तव्यको दिशा प्राप्त गर्न गुगल म्याप प्रयोग गरिरहेका थिए । नेभिगेसन एप गुगल म्याप प्रयोग गरिरहँदा पनि उनीहरू राजमार्गबाट बाहिर गए । त्यसपछि बाटोमा उनीहरूको कार हिलोमा फस्यो ।

 

कार अन्ततः कतै बीचमा अड्कियो । जहाँ फोनमा टावर आएको थिएन । एस्पिनलको परिवारले मद्दत पाउने आशामा पैदल यात्रा गर्ने निर्णय लियो । तर, घण्टौं हिँडेपछि उनीहरूले गाडी भएकै ठाउँमा फर्किएर कसैलाई पर्खने निर्णय गरे ।

 

उनीहरू बेपत्ता भएको ४८ घण्टापछि हेलिकोप्टरका मानिसहरूले चार जना व्यक्तिले लुगा फरफराई रहेको देखे । उनीहरूले सहयोगका लागि त्यसरी लुगा हल्लाइरहेका थिए ।

उनीहरू हवाई यात्रा गर्ने कसैले आफूहरूलाई देखेर सहयोग गर्छ भन्ने अपेक्षा गरिरहेका थिए । उनीहरू हेलिकोप्टरले देख्दासम्म निकै गाह्रो परिस्थितिको समाना गरिरहेका थिए । लामो समयदेखिका भोकै र प्यासै थिए ।

त्यस लगत्तै उनीहरूको उद्धार गरेर सुरक्षित ठाउँमा ल्याइयो । उनीहरूले बताए अनुसार गुगल म्यापका कारण गाडी हिलोमा फस्न पुगेको र उनीहरू हराएको कुरा बाहिर आएको छ ।

 गुगलले म्यापले सुझाव दिएको बाटो पछ्याउँदा हराएको अवस्थामा गुगललाई आरोप लगाउनु स्वभाविकै हो । तर, यो एप्लिकेसनले मानिसहरूलाई गन्तव्यसम्म पुर्‍याउनका लागि छोटो बाटो खोजिरहेको हुन्छ ।

 

यसलाई कसरी प्रयोग गर्ने, कस्तो सुझावलाई पच्छ्याउने भन्ने कुरा सबै प्रयोगकर्ता मान्छे वा ड्राइभरको हातमा हुन्छ । किनभने यसमा गुगल म्यापलाई प्रयोगकर्ताले कुन साधन प्रयोग गरिरहेको छ भन्ने जानकारी हुँदैन ।

त्यसैले उक्त बाटो सो साधनका लागि उपयुक्त छ कि छैन भन्ने निर्णय गुगलले लिन सक्दैन । त्यसै कारण गुगलले गन्तव्यमा पर्ने विभिन्न बाटामध्ये सबैभन्दा छोटो र उपयुक्त लागेको बाटो प्रयोग गर्न सुझाव दिन्छ ।

सामान्य अर्थमा भन्नुपर्दा यदि त्यस्ता नेभिगेसन एपले सुझाव दिएका बाटो गलत छन् भन्ने लागेमा ड्राइभरले आफू सुरक्षित भएर यात्रा गर्नुपर्छ । यात्रा गर्दा गुगल म्यापले देखाएको बाटो नै सही हुन्छ भन्ने हुँदैन ।

गुगलले छोटो बाटो सुझाव दिन खोज्दा कहिलेकाहीँ गलत बाटो परिरहेको हुन्छ । त्यसैले यात्रा गर्दा कस्तो बाटो अपनाउने भन्ने कुराको सामान्य ज्ञान हुनुपर्छ ।

https://unelma.io/VBEiR