अभियान लघुवित्त वित्तीय संस्थाको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कानस (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहिान आईपीओ बाँडफाँट गरेको हो ।

लघुवित्तले १८ साउनदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण निष्कासन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापीटलले जनाएको छ । जसमध्ये २ हजार ३७६ आवेदन रद्द भएर १९ लाख ७८ हजार ५९४ आवेदन स्वीकृत भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । गोलाप्रथाबाँट बाँडफाँट गर्दा ९१ हजार ३७५ जनालाई कम्पनीको आईपीओ प्राप्त गरेका छन् । कम्पनीको शेयर बाँडफाँट गरिएको हो।

हाल १५ करोड २५ लाख चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात २५ करोड पुग्नेछ ।