काठमाडौं । गत पुसदेखि सञ्चालमा आएको एकीकृत एसएमएस गेटवे सेवा प्रयोग गर्ने सरकारी कार्यालयको संख्या बढेको छ ।

 

माेबाइल सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल र सरकारी निकायहरूसँगको सहकार्यमा सूचना प्रविधि विभागले सुरु गरेको यो सेवाबाट हालसम्म २९ लाख एसएमएस पठाइएको विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हालसम्म २२ सरकारी निकायले यही गेटवेमार्फत सेवाग्राहीलाई एमएमएस पठाउने गरेका छन् ।

यो सेवामा जोडिने सरकारी निकायले जम्मा २० पैसा प्रति एसएमएस आफ्ना सेवाग्राहीलाई मेसेज पठाउनसक्ने उनको भनाइ छ ।

 

‘सबै सरकारी निकायलाई एसएमएसमा एकद्धार प्रणालीमा ल्याउने उद्देश्यका साथ यो सेवा सञ्चालमा ल्याइरहेका छौं, उनले भने ‘अरु सरकारी कार्यालय पनि थपिने क्रममा छन् ।’

पहिले प्रति एसएमएसको एक रुपैयाँ ५० पैसासम्म पर्थ्यो भने एसएमएस गेटवे सेवा प्रयाेग गर्दा सात गुणासम्म सस्ताे पर्ने उनले बताए ।

‘यसअघि विभिन्न सरकारी संस्थाले आफैंले सेवाप्रदायकसँग सम्झौता गरेर एसएमएस सेवा दिइरहेकोमा हामीले सहजीकरण गरिदिएका हौं,’ उनले भने ।

याे सेवा लिन कुनै पनि सरकारी निकायले सूचना विभिगलाई पत्राचार गर्नुपर्ने बताउँदै उनले इच्छुक सरकारी कार्यालय, सूचना प्रविधि विभाग र मोबाइल सेवा प्रदायकसँग त्रिपक्षीय सम्झौता गरी एसएमएस गेटवेमार्फत मेसेज पठाउन सकिने जानकारी दिए ।

https://unelma.io/4pefj