प्राैढ उमेर बढ्दै जाँदा स्वभावैले मानिसको श्रव्यशक्ति कम हुन पुग्छ । कतिपय मानिस स्वास्थ्य समस्याले पनि सानै उमेरमा कम सुन्छन् । सुनाईमा प्रभाव पार्ने अरू विभिन्न कारण हुन सक्छन् । कम सुन्ने समस्याले दैनिक जीवनयापनमा पनि कठिनाइ आइरहेको हुन्छ ।

 

फोन प्रयोग गरिरहँदा यसको आवाज सानो आए यस्ता मानिसलाई अझ अप्ठ्याराे पारेकाे हुन्छ । यसको विकल्पमा फोनको आवाजलाई बढवा दिन ‘साउन्ड एम्प्लिफायर’ फिचर प्रयाेग गर्न सकिन्छ ।

 

सामान्य तरिकाले नबुझिने आवाज यो फिचर प्रयोग गरी हेडफाेनमार्फत सुन्दा प्रष्ट सुनिन्छ । यसले विभिन्न मसिन लर्निङ र विभिन्न श्रव्य स्टुडियोको प्रयोग गरेर मानिसहरूले वातावरणको आवाजभन्दा कसरी फरक वा कम सुनिरहेका छन् भन्ने कुराको मूल्याङ्कन गर्छ ।

त्यसपछि याे फिचरले कुनै पनि आवाज प्रष्ट सुनाउन के कुरामा बढवा दिने वा आवाज विस्तारमा काम गर्छ । तपाईंले फोनबाट आउने ध्वनि ठूलो आवाजमा सुन्नुपर्‍यो भने साउन्ड एम्लिफायर प्रयोग गर्न सक्नुहुन्छ, जसले गर्दा यो फिचरले आसपासका आवाजलाई घटाएर पहिलेभन्दा प्रष्ट सुन्नामा सहयोग गर्छ ।

यसलाई तपाईं टेलिभिजन हेरिरहँदा, फोनमा ठुलो आवाज सुन्नका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ ।