धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा आफूमाथि गाली गलौज गर्नेविरूद्ध पक्राउ पूर्जी जारी गरी मुद्दा चलाउने चेतावनी दिएका छन् ।

पछिल्लो समय आफू विरूद्द सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गर्नेको संख्या बढेपछि उनले यस्तो चेतावनी दिएका हुन् ।

बिहीबार विहान एक फेसबुक पोस्टमा उनले लेखेका छन्, “फेसबुकमा गाली गलौज गर्नेजतीलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गरिनेछ! अनि मानहानी र गाली बेइज्जतीको मुद्दा चलाइनेछ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !”

लगत्तै उनले अर्को पोस्टमा लेखेका छन्, “विरोध गर्न लोकतन्त्रमा पाइन्छ! तर्क सहितको विरोध र बहसलाई मैले सदैव धन्यवाद दिँदै आएकैछु, तर तल्लो स्तरको शब्द प्रयोग गरेर गाली गर्ने छुट कसैलाई छैन! पत्ता लगाएर जेल हाल्न नपरोस!”

त्यसपछि उनले आफ्ना विरोधीहरूलाई ‘विरोध जारी राख! म चाहिँ हिँडे डुंगा बोक्न र गिट्टी कुट्न’ भन्दै अर्को पोस्ट लेखेका छन् ।
https://unelma.io/xO9BC