चितवनको पूल्चोक नारायणगढदेखि बसपार्क चोक तथा आँपटारीसम्म विद्युत लाइन भूमिगत गरिने भएको छ । त्यसका विद्युत प्राधिकरणले ठेक्का सम्झौतासमेत गरिसकेको छ ।

कास्कीको पोखरा महानगरपालिका र भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा ४९ करोड ६८ लाख ३१ हजार ८ सय ९९ रुपैयाँको लागतमा विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले भारतीय कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडसँग सन् २०२२ जनवरी २० मा ठेक्का सम्झौता गरेको छ ।

विद्युत वितरण प्रणालीलाई भूमिगत तथा सुदृढीकरण र अटोमेसन गर्ने उद्देश्यले भरतपुर र पोखराका मुख्य चोक र सडक विद्युत भूमिगत गर्न लागिएको आयोजना प्रमुख विजयकुमार झाले जानकारी दिए ।

पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण नाम दिइएको आयोजना सन् २०२४ को जनवरी १९ भित्र सक्ने लक्ष्य राखिएको छ । नेपाल सरकार, विद्युत प्राधिकरणको संयुक्त लगानी तथा एसियाली विकास बैंकको ऋण सहयोगमा भरतपुर र पोखरामा विद्युत लाइन भूमिगत गर्न लागिएको हो ।

भरतपुरमा नारायणगढको पूल्चोकदेखि बसपार्क चोक र बसपार्कचोकबाट आँपटारीचोकसम्म विद्युत लाइन भूमिगत गरिने छ ।

भरतपुरमा ३३ केभीएको ९ सर्किट किलोमिटर, ११ केभिएको ७५ सर्किट किलोमिटर, ४ सय भोल्टको ७० सर्किट किलोमिटरसहित २८ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने योजना छ ।

सडक विभागले भरतपुरमा गोन्द्राङदेखि नारायणगढसम्म ६ लेनको सडक विस्तारको काम गरिरहेका छ । यहीँ सडक विस्तार भैरहेको बेला विद्युत लाइन भूमिगत गर्न लागिएको हो ।

पूल्चोकदेखि बसपार्कसम्म लाइन भूमिगत हुने भए पनि बसपार्कदेखि गोन्द्राङसम्म झण्डै २ किलोमिटर सडकमा ३३ केभिए प्रसारण लाइन मात्रै भूमिगत हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनिय राजेन्द्र पौडेलले जानकारी दिए ।

विद्युत लाइन प्रसारण भूमिगत गर्ने आयोजनाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार शिलान्साय गर्ने भएका छन् ।
http://unelma.io/n4aRL