नेपाल विद्युत प्राधिकरणले विद्युतीय चार्जिङ स्टेसनलाई लक्षित गर्दै ‘एनईए चार्ज’ एप सार्वजनिक गरेको छ । विभिन्न विद्युतीय चार्जिङ स्टेसनलाई चार्जिङको गतिविधिलाई सहज बनाउन उद्देश्यसहित प्राधिकरणले यो एप सञ्चालनमा ल्याएको हो ।

 

मानिसरहित चार्जिङ स्टेसनमा चार्जिङलाई सहज बनाउनको लागि यो एप ल्याइएको प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङले बताए ।यो एपमा भुक्तानी सुविधा देखि लिएर कुन समयमा कुन ठाउँमा चार्जिङ स्टेशन खाली छ भन्ने लगायतका जानकारीहरू हेर्न सकिन्छ ।

यो मार्फत प्रयोगकर्ताले आफ्नो नजिकको चार्जिङ स्टेशन कता छ भनेर म्याप सहित हेर्न र सोही म्यापको आधारमा चार्जिङ स्टेशनमा पुग्न पनि सक्नेछन् ।

एपमा क्यूआर कोड स्क्यामार्फत भुक्तानी गरी चार्ज गर्न सकिनेछ भने एपमै आफ्नो बिल भुक्तानीको हिस्ट्री पनि हेर्न सकिनेछ ।
https://unelma.io/g8gWG