काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विश्वविद्यालयका आईटी कार्यक्रमबाट कोटा प्रणाली हटाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ ।

कोटा प्रणालीका कारण धेरै विद्यार्थीले चाहेर पनि पढ्न नसकेको र यसले गर्दा दक्ष जनशक्ति उत्पादनमा प्रभाव परेको भन्दै सञ्चारसचिव वैकुण्ठ अर्यालले यो विभेद हटाउन पहल गरिएको बताएका छन् ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को ‘डिजिटल पूर्वाधार तथा प्रविधि एकीकरण: छलाङका अवसरहरू’ सत्रमा बाेल्दै सचिव अर्यालले आफूहरू शिक्षा मन्त्रालयसँग समन्वय गरी प्राविधिक जनशक्ति विकासमा लागपिरेकाे जानकारी दिए ।

 

“देशले प्रविधिको क्षेत्रमा फड्को मार्दैछ । आजको दिनमा प्रविधिसँग सम्बन्धित जनशक्ति हरेक क्षेत्रमा आवश्यक छ । यसले गर्दा पनि भविष्यमा हामीले धेरैभन्दा धेरै प्राविधिक जनशक्ति उत्पादन गर्नु आवश्यक छ,” उनले भने, “यसका लागि शिक्षा क्षेत्रबाट नै हामीले कदम चाल्न आवश्यक छ ।”

https://unelma.io/FI7dC