नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अघि निकालेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा संघले प्रदर्शन गरेको थियो । ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपतिको पुत्ला जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गर्‍यो’, त्रिचन्द्रमा अध्यययनरत दिनेश कार्कीले भने, ‘प्रहरीसँगको हानहानमा एउटा साथीको हातमा चोट लागेको छ ।’

नेविसंघले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि नेविसंघ कार्यकर्ताले पनि ढुंगा हानेका थिए । त्यसपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो ।

नेविसंघले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा केही समय घन्टाघर आसपासको सवारी आवागमन अवरुद्ध भएको थियो ।
https://unelma.io/ojPoL