वीरगञ्ज महानगरपालिकाले २ महिनामा १० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० को साउन १ देखि भदौ ३१ गतेसम्म महानगरले १० करोड ५० लाख २४ हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो ।

आर्थिक वर्ष ०७८/७९ मा ८ करोड ३५ लाख २० हजार ७८ रुपैयाँ ९३ रुपैयाँ संकलन गरेको थियो । गत वर्ष भन्दा यस वर्ष २ करोड १५ लाख ४ हजार २ सय ५१ रुपैयाँ ८३ पैसा बढी राजस्व संकलन भएको हो ।

महानगरपालिकाले सम्पत्ति कर, घर जग्गा रजिष्ट्रेसन तस्तुर, घर बहाल कर, सवारी साधन कर, पूर्वाधार उपयोगमा लाग्ने कर, ओखटेपहारमा लाग्ने कर, न्यायिक, नक्सापास, सिफारिस तथा नाता प्रमाणित दस्तुर, व्यक्तिगत घटना दर्ता लगायतका शिर्षकमा आन्तरिक आम्दानी संकलन गर्दै आएको छ ।

सम्पत्ति कर लगायत केही राजश्व शीर्षकको दर घटाएपनि सेवा प्रवाहमा सुधार ल्याएका कारण अघिल्लो वर्ष भन्दा बढी राजश्व संकलन गर्न सफल भएको राजश्व व्यवस्थापन शाखाका अधिकृत मनोज कर्णले जानकारी दिए ।

त्यस्तै सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ६७ लाख ८५ हजार २ सय ६४ रुपैयाँ २५ पैसा, नीजि धारा वापतको शुल्क ५ सय १० रुपैयाँ, विद्युत सेवा शुल्क ५ सय २० रुपैयाँ, अन्य सेवा शुल्क ६३ लाख ७१ हजार ९ सय ४९ रुपैयाँ ३० पैसा राजस्व संकलन भएको छ ।

न्यायिक दस्तुर ६२५ रुपैयाँ, परीक्षा शुल्क १८ हजार रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क २ लाख ८२ हजार १ सय ४ रुपैयाँ, नक्सा पास दस्तुर ५९ लाख २६ हजार ७ सय ५७ रुपैयाँ ३४ पैसा, सिफारिश दस्तुर ३२ लाख २६ हजार ४ सय ९४ रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुर ८ लाख ०९ हजार ६ सय ९१ रुपैयाँ, नाता प्रमाणित दस्तुर २ लाख ८६ हजार २ सय ८० रुपैयाँ संकलन भएको पनि राजस्व शाखाले जनाएको छ ।
https://unelma.io/vbJ8v