ठमेल रेमिट प्रालि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेशनल पेमेन्ट स्विच (एनपीएस) मा जोडियो छ । यो सँगै अमेरिकामा रहेका नेपालीले पठाएको रेमिट्यान्स केही सेकेन्डमै नेपालमा रहेका आफन्तको हातमा पर्ने भएको छ । यसका लागि दुई संस्थाबिच केही समय अघिमात्रै सम्झौता भएको हो ।

यो सहकार्य सँगै ठमेल रेमिट अमेरिका र नेपालमा गैर–कार्डमा आधारित बैंक–टू–बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर बनेको दावी गरिएको छ ।

‘सामान्यतया यस प्रकारको रियल टाईम ट्रान्सफर सुविधा महँगो शुल्क लाग्ने डेबिट र क्रेडिट कार्ड नेटवर्कमा मात्रै उपलब्ध छ,’ ठमेल रेमिटका सहसंस्थापक बाल कृष्ण जोशीले भने, ‘यो सँगै हामी अमेरिकामा भएका नेपालीलाई छिटो र चुस्त रुपमा नेपालका जुनसुकै कुनाकाप्चामा पैसा पठाउने सेवा प्रदान गर्न सक्ने भएका छौं ।’

संयुक्त राज्य अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसनसँग अप्रत्यक्ष रूपमै भएपनि एनपीआई जोडिएको यो नै पहिलो पटक हो । यो आवद्धता नेपालमा डिजिटल रेमिट्यान्सको लागि एउटा महत्वपूर्ण कदम भएको बताइएको छ ।

यो सँगै ठमेल रेमिटले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको एनपीआईसँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरू गर्न सक्नेछ ।

यस अन्तर्गत ठमेल रेमिटले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरू मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबार आफ्ना ग्राहकका बैंक खाताहरू बीच सोझै गर्न सक्नेछ । साथै, यस सहकार्यले ठमेल रेमिटलाई प्रत्यक्ष बैंक खातामा आधारित रेमिट्यान्सका लागि ५९ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको फराकिलो नेटवर्कमा पनि पहुँच प्रदान गरेको उल्लेख गरिएका छ । 
https://unelma.io/FriKJ