काठमाडौं । बैङ्गलोरका एक चिया व्यापारीले भुक्तानीका रूपमा क्रिप्टोकरेन्सी लिन थालेपछि चर्चामा आएका छन् । उनले बाटोको छेउमा 'फ्रस्ट्रेटेड ड्रपआउट' लेखेको बोर्ड राखर चिया बेचिरहेका देखिन्छन् । उनको फोटो सबैभन्दा पहिले अक्षय सैनी नाम भएका ट्वीटर प्रयोगकर्ताले ट्वीट गरेका थिए । अहिले यो फोटो सामाजिक सञ्जालमा भाइरल छ ।

भाइरल भएपछि विभिन्न व्यक्तिले सो ट्वीटको रिप्लाईमा जिज्ञासा राखेका छन् । केही प्रयोगकर्ताले उनले कसरी भुक्तानीका रूपमा क्रिप्टो लिन्छन् ? उनले क्रिप्टोको विनिमय दर कसरी निर्धारण गर्छन् ? कस्ता क्रिप्टोकरेन्सी त्यहाँ प्रयोग गर्न सकिन्छ ? जस्ता जिज्ञासा राखेका छन् । त्यस्तै कतिपयले उनलाई भुक्तानीका रूपमा एनएफटी लिन सुझाव दिएका छन् ।

न्यू इन्डियन एक्सप्रेसमा प्रकाशित एक रिपोर्टका अनुसार भुक्तानीका रूपमा क्रिप्टाे स्वीकार गर्ने उक्त चिया व्यापारीको नाम शुभम सैनी हो । उनले करिब ३० हजार भारूको लगानीमा बेङ्लोरको मराठहल्लीमा चिया स्टल सुरु गरेका थिए । २०२१ मा क्रिप्टो ट्रेडरका रूपमा ठूलो रकम गुमाएपछि उनले चिया पसल खोलेको उक्त रिपोर्टमा उल्लेख छ ।

क्रिप्टो भुक्तानीका लागि शुभमले अपडेट गरिएको प्लेकार्ड राखेका छन्, जहाँ उनी अमेरिकी डलरलाई भारतीय रुयैयाँसँग तुलना गरेर अपडेट गर्ने गर्छन् ।

https://unelma.io/un6nC