काठमाडौं । अबदेखि शनिबार विद्युत महसुल संकलन काउन्टर नखुल्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै केही वितरण केन्द्रअन्तर्गत सञ्चालन हुँदै आएका काउन्टर कात्तिक महिनादेखि शनिबार नखुल्ने जानकारी दिएको हो ।

ग्राहकको भीडलाई मध्यनजर गर्दै प्राधिकरणले विभिन्न ठाउँमा शनिबार पनि काउन्टर खोल्दै आएको थियो । अहिले हरेक दिन विहान १० बजेदेखि राति १२ बजेसम्म अनलाइन भुक्तानी माध्यबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएकाे छ ।

यसअघि अनलइन भुक्तानी सुविधा नभएको अवस्थामा प्राधिकरणका केही वितरण केन्द्रहरूमा विद्युत उपभोक्ताहरूले विद्युत महसुल बुझाउने क्रममा हुने भीडलाई ध्यानमा राख्दै अतिरिक्त सहुलियतका रूपमा शनिबारका दिनमा सञ्चालन गरिँदै आएको विद्युत महसुल संकलन काउन्टर हाल खोलिराख्न आवेश्यक नदेखिएकाले कात्ति १ देखि लागू हुनेगरी बन्द हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' प्राधिकरणले भनेको छ । 

nea_notice_C6sGZxe2gp.jpg

https://unelma.io/8SC8D