फोनमा हुने डेटा सुरक्षाका लागि हामीले पासवर्ड राखेका हुन्छौं । पासवर्डमा पनि पछिल्लो समय सबैभन्दा बढी लोकप्रिय प्याटर्न नै हो । सँगै पीन र फिंगर प्रिन्ट त छँदैछ । तपाईंले फिंगर प्रिन्ट राख्नुभएको खण्डमा त आफ्नै फिंगरले काम गर्छ । तर, यदि पीन र प्याटर्न राख्नुभएको छ र बिसिर्नुभयो भने त्यसले समस्या निम्त्याउँछ ।

किनभने प्याटर्न तथा पिन धेरैपटकसम्म प्रयास गर्दा मोबाइल नै लक हुने समस्या हुन्छ । पाँच पटक प्रयास गर्दा ३० सेकन्ड अथवा एक मिनेटका लागि मोबाइल लक भएको त हामी आफैंले पनि भोगेका हुन सक्छौं । तर, धेरै पटक प्रयास गर्दा पनि नमिलेको खण्डमा भने फोन सधैंका लागि लक हुने हुँदा त्यसमा ध्यान दिन आवश्यक छ ।

प्यार्टन बिर्सिएमा यस्ता छन् फोन अनलक गर्ने तरिका

  • सबैभन्दा पहिले फोन बन्द गर्नुहोस् र एक मिनेटसम्म पर्खनुहोस्

  • एक मिनेट पश्चात पावर बटन र भोल्युम डाउन (अर्थात् साउन्ड घटाउने) बटन एकैसाथ थिच्नुहोस्

  • त्यति गरेसँगै फोन रिकभरी मोडमा पुग्नेछ, जसमा भोल्युम बटनले तलमाथि गर्दै फ्याक्ट्री रिसेट विकल्प छनोट गर्नुहोस्

  • अब तपाईंको सबै डेटा खाली गर्न ‘वाइप क्यास’ चयन गर्नुहोस् । यसका लागि पनि भोल्युम बटनकै सहायत पर्नेछ ।

  • त्यति गरेसँगै एक मिनेट पर्खनुहोस् र फोन खोल्नुहोस् । अब तपाईंले बिना पासवर्ड फोनमा पहुँच बनाउन सक्नुहुनेछ ।

माथिको साथै तपाईंले अर्को विकल्प पनि अपनाउन सक्नुहुनेछ । त्यसका लागि गुगल डिभाइस म्यानेजर प्रयोग गर्नुपर्ने हुन्छ ।

  • त्यसका लागि सुरुमा गुगल डिभाइस म्यानेजर खोल्नुहोस्

  • आफ्नो गुगल अकाउन्ट लगइन गर्नुहोस्

  • अब तपाईंले अनलक गर्न चाहेको फोन छनोट गर्नुहोस्

  • त्यसमा रहेको लक विकल्प छनोट गरी आफ्नो नयाँ पासवर्ड टाइप गर्नुहोस्

  • फेरि लकमा क्लिक गर्नुहोस् र नयाँ पासवर्ड प्रयोग गरी फोन अनलक गर्नुहोस् 
    https://unelma.io/hn79t