प्रविधिले हाम्रो दैनिक जीवनयापन निकै सहज बनाइदिएको छ । पछिल्लो समय घरमा स-सानादेखि ठूला कामका लागि विद्युतीय उपकरणको प्रयोग बढ्न थालेको छ । जस्तै लुगा धुन वासिङ मसिन, कोठा सफा गर्न भ्याकुम क्लिनर, खाना पकाउन इन्डक्सन चुलो वा माइक्रोवेभ र खाना सुरक्षित रूपमा भण्डारण गर्न फ्रिज (रेफ्रिजेरेटर) । आज हामी फ्रिजमा खानेकुरा खुल्लै राख्दा के हुन्छ भन्ने विषयमा चर्चा गर्दैछौं ।

धेरैजसो मानिसमा फ्रिजमा सामान कसरी राख्ने भन्ने कुराको चेतना भएको पाइँदैन । सामान्यतः खानालाई फ्रिजमा साँझ राखेर बिहान खाने वा बिहान राखेर साँझ खाने गरिन्छ । वा कतिपय खाना, फलफुल, तरकारी धेरै दिनसम्म पनि राखिन्छ । तर फ्रिजभित्र राख्दैमा खाना नबिग्रिने, ताजा भइरहन्छ भन्ने हुँदैन ।

प्रायः फ्रिजभित्र एकै समयमा काँचो र पाकेको दुवै प्रकारको खाना राख्नुपर्ने अवस्था आउँछ । यसरी फरक प्रकारका खाना खुल्लै फ्रिजभित्र राख्दा सबैभन्दा पहिले त खानाको स्वादमा परिवर्तन आउँछ । स्वाद तथा बास्नामा परिवर्तन हुँदा खाना मिठो हुँदैन । त्यस्तै फरक प्रकारका विभिन्न खाना खुल्लै फ्रिजमा राख्दा ती खानाको रङ्गमा नै परिवर्तन आउन थाल्छ ।

एउटा खानाबाट अर्को खानामा ब्याक्टेरिया सर्नसक्ने भएकाले फरक प्रकारका खाना एकै ठाउँमा खुल्लै राख्दा 'फुड पोइजनिङ'को जोखिम धेरै हुन्छ । खानालाई छोपेर राख्नाले हानिकारक ब्याक्टेरिया र रसायनहरू खानामा पस्न पाउँदैन ।

यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने साधारण तरिकाले फ्रिजमा चार दिनभन्दा बढी खाना राख्दा उक्त खानामा भएको ब्याक्टेरियाको सङ्ख्या बढ्दै जान्छ । यसले अन्य खानामा पनि असर पार्न थाल्छ । यसकारण चिसोमा राख्दा खानाको ब्याक्टेरिया मर्छ भन्ने भ्रम राख्नु गलत हो ।

कतिपय ब्याक्टेरियाका यस्ता प्रजाति पनि छन्, जो अत्यन्तै न्यून तापक्रममा सक्रिय हुने गर्छन् । त्यस्तै कतिपय यस्ता प्रजातिका ब्याक्टेरिया हुन्छन्, जो अत्यन्तै धेरै तापक्रममा पनि जीवित रहन्छन् । त्यसैले खाना धेरै दिन फ्रिजमा राख्दा चिसोमा सक्रिय हुने हानिकारक ब्याक्टेरिया बढेर खाना अस्वस्थ हुनसक्छ ।

अर्को महत्त्वपूर्ण कुरा भनेको पकाएर तयार पारिएका खाना फ्रिजको माथिल्लो भाग र काँचा खाना तल्लो भागमा राख्नु उत्तम हुन्छ । यसरी दुवै प्रकारका खानेकुरा ढाकेर वा प्याक गरेर राख्दा ब्याक्टेरिया फैलनबाट रोक्नुका साथै फ्रिज सफा पनि हुन्छ ।

त्यस्तै खाना ढाकेर फ्रिजमा राख्दा 'फ्रिजर बर्न' (फ्रिजभित्र डिहाइड्रेसन हुँदा खानामा पर्ने प्रतिकूल असर) हुँदैन । 'फ्रिजर बर्न' भएका खाना स्वादिलो नहुनुका साथै बासी देखिन्छ । खाना खुल्ला राख्दा त्यसमा फ्रिजको चिसो हावा सिधै सम्पर्कमा रहन्छ, जसले गर्दा फ्रिज डिहाइड्रेट हुन्छ र खाना बिग्रन्छ ।

फ्रिजमा भएको चिसो हावा खानामा जाँदा फ्रिजर बर्न हुने गर्छ । फ्रिजमा हुने यस्तो चिसो हावा सुख्खा हुने गर्छ । फ्रिजमा हाइड्रेसनको मात्रा कम हुने हुँदा खानाबाट पानी सोसिन्छ, जसले गर्दा खाना डिहाइड्रेटेड र सुख्खा हुन्छ । त्यसैले फ्रिजमा राखिने 
https://unelma.io/tuzjk