दशैंपछि अब तिहारको चहलपहल सुरु भएको छ । हिन्दुहरूको दाेस्राे महान् चाडका रुपमा रहेको तिहारलाई दिपावलीका रूपमा पनि मनाइन्छ ।

यस्तोमा विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी तथा सर्च जायन्ट गुगल समेत यो पर्वमा सामेल भएको छ । गुगलले प्रयोगकर्तालाई लक्षित गर्दै गुगल सर्चमा ‘दिवाली सरप्राइज’ उपलब्ध गराएको छ ।

यसको अर्थ प्रयोगकर्ताले गुगल सर्च बक्समा गएर ‘दिवाली’,  दीपावली वा अंग्रजीमा Diwali भनेर सर्च गरेको खण्डमा दियाे जीआईएफ भएको नयाँ पेज खुल्छ । साे जीआईएफमा क्लिक गर्दा अन्य दियाेहरू पनि देखापर्छन्  यी दियाेमा माउस कर्सर गर्दा प्रकाश अझ प्रगाढ हुनेछ ।

​गुगलले यो फिचर एन्ड्रोइड र आईओएसमा पनि उपलब्ध गराएको छ । कम्पनीले ​यसअघिका वर्षहरूमा पनि यस्ताे फिचर उपलब्ध गराएको थियो । 
https://unelma.io/22Ghy