काठमाडौं । अपेक्षित बिक्री नभएपछि एप्पलले आईफोन १४ प्लसकाे उत्पादन कटौती गर्ने निर्णय गरेको छ । साइटिङ आपूर्ति चेनलाई उद्धृत गर्दै एक रिपोर्टले आईफोन १४ प्लसको उत्पादन रोक्न विभिन्न निर्णय भएको उल्लेख गरेकाे छ ।

यसका लागि कम्पनीले आफ्नो एक एसेम्बल पार्टनरलाई आईफोन १४ प्लसको उत्पादन पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । त्यसैगरी कम्पोनेन्ट पार्टनरसँग ९० प्रतिशतले उत्पादन घटाउन अनुरोध गरेको छ ।

एप्पलबाट आईफोन १४ प्लसको उत्पादनलाई लिएर कुनै आधिकारिक विज्ञप्ति सार्वजनिक गरेको छैन । उक्त रिपोर्टमा एप्पलले आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स कम्पोनेन्ट बढाउन आईफोन आपूर्तिकर्तालाई निर्देशन दिएको छ ।

आईफोन १४ प्लसको मूल्य आईफोन १४ प्रोभन्दा १०० डलर कम र आईफोन १४ प्रो म्याक्सभन्दा २०० डलर कम रहेको छ ।

एप्पलले आईफोन १३ मिनीको सट्टामा आईफोन १४ प्लस ल्याएको थियो । आईफोन १४ को तुलनामा आईफोन १४ प्लसको मूल्य केही बढी भएको र समान फिचर भएकाले उक्त फोनको बिक्री कम भएको अनुमान गरिएको छ ।