काठमाडौं । एलन मस्कले ट्वीटरमा धेरै कर्मचारीलाई बर्खास्त गर्ने नीति लिएसँगै ट्वीटरका पुराना कर्मचारीले कम्पनी विरुद्ध मुद्दा दायर गरेका छन् । मस्कले कम्पनीबाट सामूहिक रुपमा निकालेका कर्मचारीमध्ये एक जनाले कम्पनीविरुद्द मुद्दा दायर गरेका हुन् ।

अमेरिकाको फेडरल वर्कर एडजस्टमेन्ट एण्ड रिट्रेनिङ नोटिफिकेसन एक्ट (वार्न) र क्यालिफोर्निया वार्न एक्ट दुवै ऐनअनुसार कर्मचारीहरुलाई उनीहरूको बर्खास्तीको पर्याप्त सूचना नदिइएको उनको आरोप छ ।

कर्मचारीलाई सामूहिक रुपमा निकाल्नुअगाडि ६० दिनको पूर्वसूचना दिनुपर्ने नियम रहे पनि आफूलाई जबर्जस्ती निकालिएको उनकाे मुद्दामा उल्लेख छ । यो मुद्दा सान फ्रान्सिस्कोको अमेरिकी जिल्ला अदालतमा दायर गरिएको छ भने वादीका रूपमा पाँच कर्मचारीको नाम छ ।

मुद्दामा उल्लेख भएअनुसार वादीमध्ये एकलाई मुद्दा दायर गर्ने समयभन्दा पहिले नै बर्खास्त गरिएको थियो, जबकि अन्यलाई चाँडै नै औपचारिक रूपमा बिदा गर्ने कम्पनीको तयारी छ ।

उनीहरुको बैंकिङ खाता रोक्का गरिएको छ । मस्कले कम्पनीको लागत घटाउने प्रयासको रूपमा ट्वीटरको कर्मचारी घटाउने रणनीति लिएका छन् ।

https://u16p.com/bxliyxmbdz