राष्ट्रिय आविष्कार केन्द्रलाई गण्डकी प्रदेश सरकारले १० करोड अनुदान दिने भएको छ । अनुसन्धान तथा नवप्रवर्तनका लागि चालू आर्थिक वर्षको बजेटमा उक्त रकम विनियोजन गरिएको हो । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै अनुदानका लागि बनेको कार्यविधि प्राप्त भएको उल्लेख गरेका छन् । 

"गण्डकी प्रदेश सरकारले छुट्याएको अनुदानबाट सञ्चालन हुने अनुसन्धानको कामका लागि बनेको कार्यविधि प्राप्त भएको छ," उनले फेसबुक पोस्टमा लेखेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरिरहेको अनुसन्धान तथा नवप्रवर्तनका लागि तयार पारिएको उक्त कार्यविधि गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले हस्तान्तरण गरेका हुन् । अनुसन्धान केन्द्रलाई उपलब्ध गराउने अनुदान चालू आर्थिक वर्षमा छुट्याइएको भए पनि कार्यविधि बनाउन समय लागेको महावीर पुनको भनाई छ । 

यससँगै पुनले पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा व्यवहारिक अनुसन्धान (अप्लाइड रिसर्च) सम्बन्धी आफ्ना विचार राखेको बताएका छन् ।

https://u16p.com/bo1zejeczg