सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पहिलो त्रैमासिक अवधिमा ११ अर्ब चार करोड ९० हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको अन्तरिम वित्तीय परिणाममा यस्तो आँकडा देखिएको हो ।

प्रतिवेदन अनुसार २०७९ को १ साउनदेखि ३२ असाढसम्म कम्पनीले गत वर्षको सोही अविधको तुलनामा ८७ करोड ७४ लाख ४० हजार रुपैयाँले आम्दानी बढाएको छ । गत आर्थिक वर्षको सुरुवाति तीन महिनामा टेलिकमको कूल आम्दानी १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

प्रतिवेदनमा कम्पनीको आम्दानी बढेको देखिए पनि नाफा भने घटेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा टेलिकमको नाफा (कर भुक्तानी पछिको) तीन करोड ४३ लाख ९७ हजार रुपैयाँले घटेको छ । यस अवधिमा सरकारी कर दायित्व बढेका कारण नाफा घट्न पुगेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ । 

https://u16p.com/avbholjycy