डिजिटल वालेट नमस्ते पेमा नयाँ सुविधा थपिएको छ । यसअन्तर्गत प्रयोगकर्ताले नमस्ते पे वालेटमा 'स्प्लिट बिल' (split bill)को सुविधा प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताका लागि यो सेवाको फाइदा लिन सक्नेछन् ।

''साथीभाइ र आफन्तसँग खाजा खाँदा होस् या शपिङ जाँदा, नमस्ते पेको यो सेवा सहज रूपमा प्रयोग गर्न सकिन्छ,'' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै क्यूआर मार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएको नमस्ते पे वालेटमा इन्टरनेट र स्मार्टफोन आवश्यक नपर्ने गरी यूएसएसडीमार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्र तथा मोबाइल एपमार्फत अन्य क्षेत्रमा समेत डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन्
https://u16p.com/nbe1qd2pzl