धार्मिक एवं पर्यटकीय क्षेत्र मनकामना बजारलाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनैपनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने भएको छ । शुक्रबार एक कार्यक्रकाबीच मनकामना बजारलाई डिजिटल बजारका रुपमा घोषणा गरिएको हो ।

नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरुप्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रुपमा उद्घाटन गरे ।

 

एनएमबि बैंक र फानपेको सक्रियतामा डिजिटल बजारका रुपमा घोषणा गरिएको कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाका साथै शहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, मनकामना जिर्णोद्धार समिति, मनकामना मन्दिरका मुल पुजारी, उद्योग वाणिज्य संघ इकाइ समिति, खानेपानी तथा सरसफाइ समिति, माई मनकामना बचत तथा ऋण सहकारी संस्था साना किसान बचत तथा ऋण सहकारी संस्था लगायत स्थानीय व्यवसायी तथा समाजसेवीहरूकाे उपस्थिति रहेको थियो ।

https://u16p.com/h3fc4ygbx4