पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं–२ गर्दौलमा रहेको बाबा प्रिन्टिङ एण्ड प्याकेजिङ्ग उद्योगमा गएराति आगलागी भएको छ ।

आगलागीबाट उद्योगको कच्चा पदार्थ तथा मेसिनरी सामग्रीसहित १४ करोड रुपैयाँ बराबरको क्षति भएको उद्योग सञ्चालक पक्षले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगो स्थानीय बासिन्दा, वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा विपत् व्यवस्थापन गुल्म पर्साको दमकल, प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले निभाएको छ ।

आगलागीको कारण र क्षतिबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

https://u16p.com/udetqsf4s8