नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डल लक्ड भएको पाइएको छ । ब्लु टिक ब्याजसहितको 'पीएमओ नेपाल' (PMO Nepal) नामको अकाउन्ट अहिले 'लक्ड' अवस्था छ ।

अकाउन्ट लक हुँदा यसबाट नयाँ ट्वीट, रिट्वीट वा कमेन्ट गर्न मिल्दैन । यो अकाउन्टमा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को  प्रोफाइल र कभर फोटो भने राखिएकाे छ ।

 

नयाँ प्रधानमन्त्री नियुक्ति भएर कार्यभार सम्हाले पनि आधिकारिक ट्वीटर ह्याण्डल आफूहरूले नपाइसकेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री सचिवालयका एक सदस्यले ट्वीटर अकाउन्ट आफूहरूलाई हस्तान्तरण नभइसकेकाले अकाउन्ट लक्ड भएको विषयबारे जानकारी नभएकाे प्रतिक्रिया दिए ।

https://u16p.com/toew6ww4f1