कृषि कार्य, बजार मूल्य सूचना, रोजगारीका अवसर, राज्यले दिने सहुलियत तथा सुविधा, जनस्वास्थ्य, मौसम तथा विपद् सम्बन्धी जानकारी नियमित रूपमा नागरिक एपमा उपलब्ध हुने भएका छन् ।

सरकारले सोमबार सार्वजनिक गरेको सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम मार्फत नागरिक एपमा थप सुविधा ल्याउने घोषणा गरिएको हो ।

 

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत अन्य सबै सेवा उपलब्ध गराउने डिजिटल प्रबन्ध सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गरे ।

राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा, अनुदान र मलखाद लगायतका सबै प्रकारका छुट तथा सहुलियत अनलाइनमार्फत तत्काल सार्वजनिक गर्ने योजना समेत सरकारले बनाएको छ । 

https://u16p.com/qxxd5qh92h