जापानमा रहेका नेपालीका लागि विद्युतीय राहदानी (ई-पासपोर्ट) तथा कन्सुलर घुम्ती सेवा सञ्चालन हुने भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एवं क्षेत्रीय कमिटीहरूसँगको सहकार्यमा नेपाली राजदूतावास, टोकियोले विभिन्न सहरमा घुम्ती सेवा सञ्चालन गर्न लागेको हो ।

यसअन्तर्गत जनवरी १२ मा साइतामा, जनवरी २८ र २९ मा नागोया, फेब्रुअरी ११ र १२ मा गुम्बाकेन, मार्च ४ र ५ मा सेन्डाई, अप्रिल १ र २ मा फुकुओका र अप्रिल २९ र ३० मा ओशाका सहरमा घुम्ती सेवा सञ्चालन गरिनेछ ।

 

याे कार्यक्रममा राहदानीका अतिरिक्त अधिकृत वारेसनामा, राष्ट्रियता प्रमाणीकरण, सवारीचालक अनुमति प्रमाणीकरण, यात्रा अनुमतिपत्र लगायतका सेवा प्रदान गरिने राजदूतावासले जनाएकाे छ ।

https://u16p.com/lhvee8viiz