नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले कृषि तथा पशुपन्छी बीमा गर्ने कृषकको विवरण डिजिटलाइज गर्ने निर्णय लिएकी छन् ।

मंगलबार पदभार ग्रहण गर्दै मन्त्री साहले आफ्नो पहिलो निर्णयको रुपमा कृषि तथा पशुपन्छी बीमा गर्ने कृषकको विवरणलाई डिजिटल माध्यमबाट संकलन गर्ने निर्णय सार्वजनिक गरेकी हुन् । 

उनले सरकारले बीमामा प्रिमियम अनुदान कार्यक्रमलाई डिजिटलाइज गर्न रियल टाइममा आधारित सफ्टवेयर मार्फत बीमा गर्ने कृषकको विवरण राख्ने निर्णय गरेकी हुन् ।

यसले गर्दा कृषकले वास्तविक समयमा अनुदान प्राप्त गर्ने र अनुदान वितरणको कार्य पारदर्शी हुने मन्त्रालयको विश्वास छ । 

https://u16p.com/n3jzaxpf2x