गुगलले पनि एप्पलकाे एयरट्याग जस्तै डिभाइस बजारमा ल्याउने भएकाे छ । सार्वजनिक एक रिपोर्टअनुसार गुगलले सामान ट्र्याक गर्न यस्ताे डिभाइस ल्याउन लागेकाे हाे ।

पछिल्लो समय विभिन्न सामग्री ट्रयाक गर्न उपयोगी एप्पल एयरट्याग तथा टाइल जस्ता डिभाइस लोकप्रिय हुँदै गइरहेका छन् । विशेषगरी झोला, लगेज वा अन्य महत्त्वपूर्ण सामानहरू ट्रयाक गर्न प्रयोग गरिने यो डिभाइसलाई धेरैले रुचाएका छन् ।

त्यही लोकप्रियता र चर्चालाई मध्यनजर गर्दै एन्ड्रोइड डिभाइसका लागि गुगलले यो डिभाइस ल्याउन लागेको हो । बाहिरिएका समाचारलाई आधार मान्ने हो भने कम्पनीले यो डिभाइसको नाम 'जीस्पोट' राख्ने उल्लेख गरिएको छ ।

केहीले यो डिभाइसको नाम 'ग्रोगुअडियो' वा 'जीआर १०' हुनसक्ने अनुमान गरेका छन् । त्यसबाहेक डिभाइस कहिले बजारमा आउँछ भन्ने यकिन छैन ।

यो डिभाइसले अल्ट्रावाइड ब्यान्ड र ब्लुटुथ लो इनर्जी (एलई) सपोर्ट गर्ने जनाइएको छ । साथै यसमा एयरट्याग जस्तै स्पिकर हुने अपेक्षा गरिएको छ । यो डिभाइस थुप्रै कलरमा उपलब्ध हुने बताइएको छ ।

अल्ट्रा वाइडब्यान्ड विशेषगरी लोकेसन पहिचान गर्ने प्रविधि हो, जसले कुनै पनि कहाँ छ भन्ने जानकारी दिन सक्छ । यसलाई डिजिटल चाबीमा समेत प्रयोग गर्न थालिएको छ ।

https://u16p.com/lkyb46aysh