नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने भएको छ । टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा सर्वसाधारणका लागि काठमाडाैंका केही स्थानमा फाइभजी परीक्षणको सुरुवात गर्न लागिएको हाे ।

यसअन्तर्गत भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका फाइभजी स्मार्टफोनमा याे सेवाकाे परीक्षण हुने बताइएको छ ।

फाइभजी मोबाइल सेटहरू पहिचान गरी ती सेटमा टेस्ट गरेपछि मात्रै ट्रायल सुरु गर्न लागिएकाे कम्पनीका प्रवक्ता शाेभन अधिकारीले सुनाए । कम्पनीले फाइभजी सेवाका लागि आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण यसअघि नै सम्पन्न गरिसकेको छ । 

परीक्षण सेवा अवधिभर टेलिकमका ग्राहकले निःशुल्क फाइभजी अनुभव लिन पाउने बताइएकाे छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएकाे छ । यही फ्रिक्वेन्सीबाट परीक्षण थालिने प्रवक्ता अधिकारीले जानकारी दिए । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यावसायिक प्रयोजनबाट सुरु गर्ने योजना रहेको उनले सुनाए । 

काठमाडौंमा फाइभजी सेवाको आन्तरिक परीक्षण सेवा दिएपछि थप तीन प्रदेशमा पनि टेलिकमले फाइभजी परीक्षण गर्ने याेजना ल्याएकाे छ ।

https://u16p.com/ofncab5xyu