चिनियाँ इन्टरनेट जायन्ट बैडुले च्याट जीपीटी जस्तै एआईमा आधारित च्याटबट सार्वजनिक गर्ने भएको छ । पछिल्लो समयमा च्याट जीपीको बढ्दो प्रभावलाई लिएर कम्पनीले आउँदो मार्चमा आफ्ना प्रयोगकर्तालाई समेत यो फिचर उपलब्ध गराउने भएको हो ।

कम्पनीले पहिलो चरणमा आफ्नो सर्च इन्जिनमा यसलाई इम्बेड गर्ने जनाइएको छ । च्याटजीपीटीले ठूलो मात्रामा संकलन गरिएका तथ्याङ्कका आधारमा सोधिएका प्रश्नको जवाफ मानव सरह जवाफ दिने काम गर्छ । ओपन एआईमा आधारित च्याट जीपीटीमा माइक्रोसफ्टले १ अर्ब अमेरिकी डलर लगानी गरेको छ ।

माइक्रोसफ्टको लगानीसँगै ओपन एआईले अब एआईमा आधारित इमेज जेनरेशन सफ्टवेयरमा समेत काम गरिरहेको छ । यसको अर्थ हाल टेक्स्टका लागि उपलब्ध च्याटजीपीटी जस्तै इमेजका लागि पनि छुट्टै प्लेटर्फम उपलब्ध हुनेछ । जुन गुगलका लागि सबैभन्दा ठूलो चुनौती हुने आँकलन गरिएको छ । 

हुन त, गुगलले पनि ओपनएआईको च्याटजीपीटी जस्तै नयाँ टुल आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउने जनाई सकेको छ । त्यसका लागि कम्पनीले १ अर्ब अमेरिकी डलर लगानी गर्ने उल्लेख गरेको छ । यस्तोमा चिनियाँ कम्पनी बैडुको प्रवेशले बजारमा थप नयाँ आयाम सिर्जना हुनसक्ने देखिएको छ ।

https://u16p.com/4yt0jk7ptl