नेपालमा पनि च्याटजीपीटीको प्रिमियम संस्करण उपलब्ध भएको छ । ओपनएआई हालै ल्याएको नयाँ अपडेटमा नेपालमा पनि 'च्याटजीपीटी प्लस' उपलब्ध भएको जानकारी दिएको छ । 

याे प्रिमियम टुल प्रयोग गर्न मासिक २० डलर (करिब दुई हजार ६०० रुपैयाँ) शुल्क तिर्नुपर्ने छ । प्रयोगकर्ताले आफ्नो डलर कार्डबाट यो सेवा खरिद गर्न सक्नेछन् । ​यसमा निःशुल्क संस्करणकाे तुलनामा थप विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ ।​

विशेषगरी 'पिक आवर' (धेरै ट्राफिक भएकाे बेला)मा च्याटजीपीटीले कुनै जवाफ दिँदैन । त्यस्तो अवस्थामा च्याटजीपीटी प्लसका प्रयोगकर्ताले सहजै आफूले खोजेका जवाफ पाउन सक्नेछन् ।

त्यस्तै च्याटजीपीटीमा जे जति नयाँ फिचरहरू आउँछन्, सब्स्क्रिप्सन लिने ग्राहकले ती फिचर सबैभन्दा पहिले नै अनुभव गर्न पाउनेछन् । कम्पनीले अहिले यो सेवा अमेरिकामा मात्र सार्वजनिक गरेको भए पनि विस्तारै अन्य देशमा विस्तार गर्ने योजना बनाएको छ ।

नयाँ सब्स्क्रिप्सन मोडेलले निःशुल्क प्रयोग गरिरहेका च्याटजीपीटी प्रयोगकर्तालाई भने कुनै असर नगर्ने कम्पनीले जनाएको छ ।

छिटो, सहज र भनेकै समयमा जवाफ पाउन चाहने व्यक्तिले यो सब्सक्रिप्सन प्लान खरिद गर्न सक्नेछन् ।

https://u16p.com/mx6g3t3ata